arrow

क्वारेन्टाइनमा व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा लगियो, आमा र शिशुको अवस्था सामान्य

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
birth.jpg

झिमरुक । प्युठानको  एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् । 

क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै  मंगलबार बिहान करीब  ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

 आमा र शिशु दुवैको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ ।  खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

 खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टाइनमा बसेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ