arrow

पाल्पा पहिरो : चारको शव भेटियो

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
palpa-pahiro.jpg

पाल्पा । तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो । 

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

तानसेनको सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको मंगलबार सनाखत भएको छ ।  मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र  काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

 झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ