arrow

नागरिकतामा महिला–पुरुषको समानतालाई मूल मन्त्र बनाउन गगन थापाको सुझाव

विभेदकारी व्यवस्था हटाउनु पर्ने समझदारी बनाउनु पर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार १० बुधबार
gagan-thapa2.JPG

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद नेता गगनकुमार थापाले नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाएमा वैवाहिक अंगीकृत नागरिकतामा समयसँगै सबैको कुरा मिल्ने बताएका छन् ।  

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद थापाले अंगिकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।

नागरिकताबारे आफ्नो धारणा बुधबार सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनु पर्ने बताएका हुन् ।

‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ,’ थापाले भनेका छन्।

सांसद थापाले नक्साको विषयमा एकजुट भए जसरी नै आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट अंगिकृत नागरिकतामा  समाधान खोज्नुपर्ने बताएका हुन्।

सत्तापक्षले वैवाहिक अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान राख्ने निर्णय गरेको थियो। सत्तापक्षको प्रस्तावमा महिला–पुरुषलाई बराबरीको अधिकार भने दिइएको छैन।  

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सात वर्षे प्रावधान राख्नुपर्ने निर्णय बहुमतले गरेको छ। उक्त निर्णयमा नेपाली कांग्रेसले असहमति राखेको थियो ।

नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेको स्थितिमा सम्बन्धित देशको नागरिकता त्याग गरेको प्रक्रिया सुरू गरेको प्रमाणित हुने पत्रसहित निवेदन दिएको सात वर्षमा अंगिकृत नागरिकता दिने प्रावधान रहेको छ। तर नेपाली महिलासँग विवाह गरी आउने विदेशीले भने नागरिकता पाउने कुनै प्रावधान छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ