arrow

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल बन्द

logo
प्रकाशित २०७७ असार १० बुधबार
covid-test-corona.jpg

सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सवै सेवा बन्द गरिएको छ ।

 जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो । 

यही असार ५ गते  अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक  स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ