arrow

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार ११ बिहिबार
lightning.jpg

सप्तरी । सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । विहिबार बिहानको समयामा वर्षासँगै परेको चट्याङले ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए।

सप्तरी जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जना गरी चारजनाका मृत्यु भएको हो ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय बेचन यादव र ४० वर्षीय छेदी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

यता,बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएका जिल्ला प्रहरी ले जनाकारी दिएको छ ।

 घाइते भएका केसी साहलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको छ, भने बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डलको उपचार भइरहेका प्रहरी स्रोतले बताएको । घाइते एक जनाको नाम खुल्न बाकी रहेको छ।
 
यता, प्रदेश नम्बर दुई सरकारले चट्याङ लागेर मृत्यु भएका लाई १-१ लाख रुपैया राहत स्वरूप  दिने घोषणा गरेका प्रदेश नम्बर दुई को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ