arrow

सम्झना र विनाको मृत्यु

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
woman-dead-body.jpg

हेटौँडा । अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको बिहिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का  बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । 

सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ  । 

अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ