arrow

ढोरपाटनकी संक्रमित महिलाले आइसोलेशनमै जन्माइन् छोरा

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
birth.jpg

बाग्लुङ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन् । 

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले बिहिबार बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन् । 

धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो ।  

हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ