arrow

के होला नेकपाको बैठकमा ? स्थायी कमिटीको बैठक जारी

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
ncp-permanent-committee.jpg

काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबारको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी शुक्रबार बस्ने गरी सकिएको थियो ।
    
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य व्यक्त गरेका थिए । 

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । 

कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ ।

ओली–प्रचण्ड–नेपाल–खनालबीच आरोप प्रत्यारोप
नेकपाभित्रका चारै शीर्ष नेताहरु अध्यक्षद्धय ओली र प्रचण्ड तथा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालबीच आरोप प्रत्यारोप चलिरहेको छ । 

ओली एकातिर र बाँकी तीन नेताहरुका गुट एकातिर छन् । यो अवस्थामा ओलीको पार्टीमा बहुमत पुग्दैन । सरकारमा टिकिरहने हैसियत पुग्दैन । र पनि ओलीले आफ्नो प्रभाव देखाइरहेका छन् । 

बाँकी नेताहरुले रोइकराई गरे पनि अन्तमा ओलीले पल्ला भारी पार्ने सम्भावना विगतको उनको चलाखीपनले पनि बुझाइरहेको छ । 

अब के हुन्छ त्यो त छलफलका क्रममा आउने गतिविधिले देखाउने नै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ