arrow

कोशीमा बढ्यो पानीको वहाव , २४ ढोका खुला

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
koshi-barrage-photo.jpg

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा  वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रबार मध्याह्न १२ :०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ । 

बिहीबार बिहान  कोशी व्यारेज भएर एक लाख सात हजार  क्युसेक प्रतिसेकेन्ड तथा १२ :०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव  थियो । शुक्रबार बिहान ९ : ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो ।  कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो । 
 
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ