arrow

एमसीसीबारे परराष्ट्र मन्त्रीको धारणा आओस् – दिव्यमणी राजभण्डारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार १४ आइतबार
divyamani-rajbhandari3.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले एमसीसीका बारेमा संसदीय समितिमा बोलाएर छलफल गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाउन माग गरेका छन् । 

संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार आयोजना गरेको छलफलमा सहभागीता जनाउँदै सांसद राजभण्डारीले असार १६ गतेपछि संसदबाट एमसीसीको डकुमेन्ट प्रभावित हुँदैन भन्ने आइरहेको प्रसङ्ग उठाउँदै यसमा परराष्ट्र मन्त्रीको धारणा के छ ? भनी बुझ्नु जरुरी रहेको बताए । 

उनले परराष्ट्रमन्त्रीले एउटा र अर्थमन्त्रीले अर्को सम्झौता गरेको भन्ने समाचार आइरहेको उल्लेख गर्दै यस विषयमा छलफल गर्नु जरुरी रहेको बताए । 

त्यस्तै राहदानीको विषयमा समेत कुरा उठाउँदै सांसद राजभण्डारीले विद्युतीय  राहदानी (इ–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन् । 

राहदानी विभागसँग विद्युतीय राहदानी छपाईको आवश्यकताको विषयमा गरेको छलफलमा उनले एकैपटक २० लाख पासपोर्ट छपाउँदा सरकारलाई आर्थिक भार पर्न जाने भएकाले अहिले राहदानी जारी भएको ट्रेण्ड र मौज्दातलाई हेरेर मात्र खरिद प्रक्रिया अगाडि बढाउन सुझाव दिए । 

उनले २०७६ सालको राहदानी ऐनको कुरा उठ्दा सांसदहरुलाई रातो पासपोर्ट दिँदा त्यसको दुरुपयोग भएको भन्ने चर्चा उठेको स्मरण गराउँदै कति दुरुपयोग भएको छ भनी उल्लेख गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले रातो पासपोर्ट, अफिसियल पासपोर्ट र साधारण पासपोर्ट कति दुरुपयोग भए भन्नेबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ