arrow

स्याङ्जामा ३ जनाको मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असार १४ आइतबार
syanja-dead-district.jpg

स्याङ्जा । स्याङ्जामा विभिन्न घट्नामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा परेर दुई जनाको र एक जना मृत अवस्थामा फेला परेपछि ३ जनाको मृत्यु भएको हो ।

रुपन्देही घर भई वालिङ ७ केवरेमा दिदिको घरमा बस्दै आएका बर्ष २२ का लोकबहादुर थापा दमाई गए राती पुलबाट खसेर खोलाले वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब वालिङ ६ मिर्दिखोलामा फेला परेको थियो । शबको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ । 

अत्यधिक बर्षाका कारण गए राती आएको पहिरोले घर पुरेपछि गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । श्रीमान श्रीमती एकै ठाउमा सुतेको बेला राती पहिरोले घर पुरिदा श्रीमानको मृत्यु भएको थियो भने श्रीमति घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए ।

 घटना घटे लगत्तै गाउलेले उद्धारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो । यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी बताए । 

यता पुतलीबजार नगरपालिका १३ चिलाउनेखर्कका ६९ बर्षिय कुलबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए । वडा कार्यालयबाट सुन्तलाका विरुवा लिएर घर तर्फ जादै गरेका थापा बायाखोला छहरामा घोप्टो परेको अवस्थामा फेला परेका थिए । उनको पनि पोष्टमार्टम गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख कणेलले बताए । 

अविरल बर्षका कारण चापाकोट ४ का लेखनाथ पौडेलको गोठ पहिरोले पुरेर क्षती पुर्‍याएको छ । मानवीय र पशुचौपायमा क्षती नभएपनि पहिरोले करिव १ लाख ५० हजार बराबरको क्षती पुर्‍याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ