arrow

कांग्रेस नेता लेखकद्वारा कञ्चनपुरका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार १४ आइतबार
ramesh2.jpg

कञ्चनपुर ।  कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकद्वारा कञ्चनपुरका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको हो । 

नेपाली कांग्रेस जिल्ला सभापती हरि बोहराले उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी खतिवडालाई हस्तान्तरण गरेका हुन् । काठमाडौंबाट पुर्व मन्त्री लेखकले कञ्चनपुरका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा फ्रन्टलाईनमा कार्य गर्दै आएको भन्दै स्वास्थ्य सामाग्री पठाइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं. ३ का सभापति गोपाल भट्टले जानकारी दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी कञ्चनपुर एसपी बिर सिंह साँहु र नेपाल प्रहरीका कञ्चनपुर एसपी मुकुन्द मरासनीलाई स्वास्थ्यकर्मीलाई बुझाईएको जनाइएको छ् । 

स्थास्थ्य सामग्रीमा १० थान पिपि सेट, १० लिटर सेनिटाईजर रहेको नेपाली कांग्रेस क्षेत्र नं. ३ कञ्चनपुरका सभापती भट्टले बताएका छन् । यस अघि नेता लेखकले कञ्चनपुरका स्वास्थ्यकर्मी र पत्रकारलाई समेत कोभिड १९ बेला स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ