arrow

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

logo
प्रकाशित २०७७ असार १४ आइतबार
corona-india-ppe.jpg

काठमाडौं । नेपालमा कोभिड– १९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए । 

उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताए । उनका अनुसार अहिलेसम्म ८७ सङ्घसंस्थालाई कोभिड– १९ को अध्ययन अनुसन्धान गर्न अनुमति दिइएको छ । 

नेपालमा पहिलो पटक गत माघ ९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म १२ हजार ७७२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै तीन हजार १३ जना कोभिड– १९ मुक्त भएका छन् भने २८ जनाको कोभिड– १९ का कारणले निधन भएको छ । 

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले कोभिड– १९ को जीन, स्टिमा, क्लिनिकल, किट, बिरामीको लक्षणलगायत विषयमा अध्ययनका लागि अनुमति माग गरिएको बताए । 

उनले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर ती सङ्घसंस्थालाई कोभिड– १९ को अनुसन्धान गर्न दिइएको जानकारी दिनुभयो । उनले अध्ययन अनुसन्धानले पछि कोभिड– १९ को भ्याक्सिन बनेपछि प्रयोग गर्न सजिलो हुने बताए । परिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ