arrow

डोटीमा ९ महिने बालिकासहित थप ६९ जनामा कोरोना पुष्टि

logo
प्रकाश बम ,
प्रकाशित २०७७ असार १४ आइतबार
doti_(2)1.jpg

डोटी । डोटीमा ९ महिने शिशुसहित आइतबार अहिलेसम्मकै बढी संक्रमित  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोग शालामा  ६९  जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय डोटी द्वारा जारी बिज्ञपति मार्फत सार्बजनिक गरिएको हो।  

जिल्लाका पुर्वीचाैकी गाउँपालिका- १मा ९ महिनाकि वालिका सहित ६ महिला र १८ पुरुष , वडा -२ मा एक  महिला र एक  पुरुष , वडा ४ मा   एक महिला र  दुई पुरुष  र वडा ५ मा दुई महिला  र १४ पुरुष रहेका छन् । 

त्यस्तै आदर्श गाउँपालिका - २ मा ४ महिला १२ पुरुष , वडा ५ दुई महिला एक पुरुष रहेका छन् । केअाईसिंह गाउँपालिका ३ का २ जना पुरुष  र दिसिनपा २,४ र ८ का एक/एक जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख रमेश मलासिले जानकारी दिएका छन्  । योसंगै डोटीमा ३ सय चौरासी जनामा कोरोना संक्रमित पुगेका छन् । 

अहिलेसम्म १ सय १२जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन उत्तम उपाध्ययले जानकारी दिए । अन्य संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ