arrow

काङ्ग्रेसले स्थापना गरेको आकस्मिक राहत कोषमा सहयोग जुट्दै

logo
प्रकाशित २०७७ असार १५ सोमबार
dot-congress.JPG

डोटी । नेपाली कांग्रेस डोटीले कोभिड–१९ महामारीलाई लक्षित गर्दै स्थापना गरेको ‘आकस्मिक राहत कोष’मा   आर्थिक संकल भइरहेको छ। महामारीमा सिर्जना हुनसक्ने अवस्थालाई सामना गर्न र जनतालाई सक्दो सहयोग पुर्‍याउन उदेश्यले स्थापना गरेको कोषमा सहयोग जुटिरहेको हो ।

सो कोषमा समाजसेबि अनन्त कठायतले २१ हजार एक सय रुपैया जम्मा गरेका छन् । ‘महामारीमा कांग्रेस डोटीले दायित्वबोध गरेर आकस्मिक कोष स्थापना गरेर सह्राहनिय काम गरेको छ,’ उनले भने,‘यसलाई बलियो बनाउने र विपदमा परेका जनसमुदायको हित गर्ने दायित्व हामी सबैको हुन्छ । तसर्थ मैले सक्दो सहयोग गरेको  कठायतले बताए ।  

त्यस्तै नेपाली काङ्ग्रेस नेता पदमराज जोशीले पनि आकस्मिक राहत कोषमा दस हजार  जम्मा गरेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस नेता नरेन्द्र बहादुर  सिंहले पनि राहत कोषमा पाँच हजार जम्मा गरेका छन् ।

राहत कोषका संयोजक तथा नेपाली कांग्रेस डोटीका उप सभापती लक्ष्मण सिहले कोषमा उठेको रकमले कोरोना महामारीले समस्यामा रहेका डोटीका नागरिकहरुको राहतमा प्रयोग गरिने बताए । ‘सरकारको लाचारी र गैह्रजिम्मेवारीपनले कोरोना महामारी निकै जटिल रुप लिने स्थितीमा छ,’ उनले भने,‘यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्ने अवस्था हुदैन् । त्यसैले नागरिकको हितका लागि हामीले यो अभियान थालेका छौ ।’

सो कोषमा आवश्यक सहयोग गर्न उनले अपीले गरे । ‘निकै कठिन अवस्था सिर्जना हुदैछ । यसमा जनतालाई जोगाउन, भोकभोकै मर्नबाट बचाउन हामी सबैको भूमिका हुनुपर्छ । यसैले सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ