arrow

जलविद्युतको नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु, श्रीमती गम्भिर

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ असार १५ सोमबार
naugad.jpg

दार्चुला । जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ । 

गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए । 

उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए । 

यस्तै अन्य तीन जनाको घरमा समेत भएको उनले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ