arrow

राष्ट्रपति भण्डारी कमलपोखरी र गुह्येश्वरीमा, छठको पूजाअर्चना

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर १ मंगलबार
काठमाडौं । सूर्यदेवको उपासना एवं श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरीमा पुगी पूजाअर्चना गर्नुभएको छ । 
 
राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठी मैय्याको मूर्तिमा पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ भयो । गौरीघाट परिसरमा अवस्थित मूर्तिको दर्शन तथा पूजा गर्ने भक्तालुको घुइँचो लागेको थियो । राष्ट्रपति भण्डारीले पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गर्नुभयो । राष्ट्रपतिलाई स्थानीयले पुष्पगुच्छाले स्वागत गर्नुका साथै बटुकहरुले स्वस्तिवाचन गरे ।  
 
छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझँै सजाएको थियो । छठपर्वको मुख्य दिन मंगलबार साँझ श्रद्धालुले पूजा सामग्री, फलफूल र मिठाइका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गरे । 
 
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी मिथिलाञ्चलमा  मनाइने मैथिल संस्कृतिको पर्व छठ २०४६ पछि काठमाडौं लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ