नवलपरासीको सुस्ता क्षेत्र भारतद्वारा अतिक्रमण, जोतभोग गरेको लालपुर्जा स्थानीय संग

नारायण वली, प्रकाशित मिति : २०७७ असार १५ सोमबार

रुपन्देही । प्रदेश–५ को अन्र्तगत पश्चिम नवलपरासीमा पर्ने सुस्ता भन्ने ठाउँ नारायण नदी पारी पर्दछ । भू–गोलको हिसावमा सानो रहेको सुस्ता साँच्चिकै सुस्ताएकैदेखिन्छ । नारायणी नदीमा पुल नहुँदा वर्षौदेखि त्यहाँका स्थानीयहरु जोखिम मोलेर वारीपारी गर्ने गर्दछन् ।

सुस्ता गाउँपालिका वडा नं.५ पारी सुस्ता, भौतिक, सामाजिक, स्वास्थ्य र शैक्षिक लगायतका पक्षले अत्यन्तै दुर्गम मानिन्छ । सुरक्षाका दृष्टीले नेपाल प्रहरी र शसस्त्र प्रहरीको स्थापना गरिएको छ । तर त्यहाँका नागरिकहरुले भने भारतिय एसएसविको खतरा आफुहरुलाई कायमै रहेको वताउँछन् । 

कृषि उत्पादनको दृष्टिकोणले उर्बरभुमि रहेको सुस्तामा प्रमुख वाली उँखु, धान र गहुँ लागयत उब्जनीको पकेट क्षेत्र मानिन्छ । सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर जमिनमा पुर्खाहरुले जोतभोग गर्ने गरेको भएपनि पछिल्लो समय भारतद्वारा हाल करिव १४ हजार ५ सय हेक्टर अतिक्रमण गरिसकेको सुस्ता वचाउ अभियानका प्रवक्ता रविन्द्र जैयसवालले वताएका छन् । साथै उनले भने, जसमध्ये १९ हजार ४ सय ८० हेक्टर नेपाली भूमि विवादि वन्न पुगेको वताउँदै अहिले सुस्ताको क्षेत्रफल जम्मा ७ हजारमा खुम्चिन पुगेको वताए । 

सुस्तावासीहरुले २०३२ साल सम्म जोतभोग गर्दै आएको उक्त अतिक्रमित १४ हजार ५ सय हेक्टर क्षेत्रफल नेपाली भूमि नेपालमा तत्कालिन समयमा शसस्त्र द्वन्द्व चर्किएको मौका छोपी पुराना त्यहाँ रहेका सिमा स्तम्भहरु नदीले बगाएको भन्दै, सुस्ताको १४ हजार, ५ हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको स्थानीय ओमप्रकाश चौधरीको भनाई छ । उनी संग अतिक्रमित क्षेत्रमा आफ्नो ३३ कठ्ठा १० धुर जग्गा रहेको लालपुर्जा सुरक्षित छ । त्यस्तै सोही स्थानका अर्का रामचन्द्र चौधरी संग १० कठ्ठा जग्गा भएको वताउँछन् ।

अतिक्रमित नेपाली भूमिमा भारतिय पक्षले ३ वटा एसएसवी क्याम्प निर्माण गरेको र सुस्ता वासीहरुलाई सो क्षेत्रमा प्रवेश गर्न नदिने गरेको सुस्ता गाउँपालिका वडा नं.५ का जनप्रतिनिधि तथा स्थानीय आदम खाँनको भनाई छ । उनका अनुसार सिमा क्षेत्र छुट्याउनका लागि कुनै जङ्गे पिलर नभएको जनाए ।

२०३२ सालमा आएको नारायणी नदीको बाढीले पुरै सुस्ता नै डुबाएको र विस्थापितरुलाई पुन. २०३३ सालमा नेपाल पुनर्वास कम्पनी मार्फत् त्रिवेणीमा स्थानान्तर गरी राखिएको सुस्ता जोगाउन भारतिय एसएसवि संग लड्ने जिउँदो शहिद मुन्ना खाँनले वताए । सिमा रक्षाका लागि भारतिय सुरक्षाकर्मी हतियार खोसेर भारतिय सुरक्षाकर्मीलाई ढलाउने एक्ला सिमा रक्षक पहरेदार खाँनका शरिरमा अझै पनि गोलीका खाटाहरु छन् ।

देशमा आएका ठुला–ठुला परिवर्तनहरुले सुस्तावासीहरुको पिडामा मलम लगाउन नसकेको सिमाका लागि विगतदेखि नै संघर्ष गर्दै आएका तथा सुस्ता वचाउ अभियानका सदस्य गोपाल गुरुङ्गले भने सुस्ता जोगाउ आफुहरु जंङ्गे पिलर भएर वसेको वताउँदै, आफुहरु विरुद्ध भारतमा धेरै खालमा मुद्धाहरु लगाईएको सुनाए ।  

विस.२०२० साल तिर सुस्तामा केही मानिसहरुले बस्ती वसालेको पाईएको छ । २०३४ साल सम्म त्रिबेणी र सुस्ता अलग–अलग पञ्चायतमा सञ्चालन भएपनि तर विडम्वना, सीमा पारीका नागरिकहरु सामान्य ज्वरो एंव पखला लाग्दा उपचार पाउन वाट वञ्चित रहेको सुस्तावासीहरु वताउँछन् ।

नयाँ