arrow

बामदेवले रोपे धान, सरकारले सलह रोकथाममा ध्यान दिनुपर्ने

logo
प्रकाशित २०७७ असार १५ सोमबार
bamdev2.jpg

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी भएका छन् ।  

उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे ।

 नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पुर्‍याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए । 

उनले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताए । नेता गौतमले खासखास ठाउँमा नोक्सान पुर्‍याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपुर्‍याउने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ