arrow

पनेबाँजमा पहिरो खस्यो, सडक भत्किएपछि सवारीसाधन आवतजावत बन्द

logo
प्रकाशित २०७७ असार १५ सोमबार
mahakali-yatayat.jpeg

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा  सोमबार बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । 

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै  सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । 

सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।  पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले  बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको  छ । 

सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन  बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ