arrow

सलह धपाउन किटनाशक र घरेलु तरिका अपनाइने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार १५ सोमबार
dhan-diwas1.jpg

धनुषा । धान दिवसको विभिन्नकार्यक्रम गरेर प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह मनाएका छन्। कोरोना भाइरस कोभिड–१९ को असाधारण र असामान्य स्थितिमा पनि नेपालका किसानहरूले देशको अर्थतन्त्र र समग्र जीवनशैलीलाई प्रतिबिम्बन गर्ने खेतीकिसानीलाई निरन्तरता दिँदै आएकमा सबै कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई बधाई  दिएका छन।

देशको मुख्यबालीका रूपमा रहँदै आएको धान उत्पादनको करिब ३० देखि ४० प्रतिशत हिस्सामा प्रदेश नम्बर दुई को साझेदारी रहँदै आएको तथ्यले यहाँको कृषि प्रणालीमा धान उत्पादनको महत्व स्थापित हुँदै आएका हुन् । आजका दिनमा धानलाई बालीनाली उत्पादन संस्कृतिको प्रतीकका रूपमा लिएर हामीले धान दिवस मनाई देशको कृषि व्यवस्थालाई मजबुत बनाउने संकल्प लिनुपर्ने मन्त्री साहले बताए ।

प्रदेश सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भरताको स्थिति सिर्जना गरी खाद्य सुरक्षालाई सुदृढ बनाउन कृषिकार्यलाई उच्च प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न भरमग्दूर प्रयत्न गर्दै आएकोछु मन्त्री साहले बताए । हामीले बिउबिजन, मलखाद, सिँचाइ, बिजुली, सडक, बजार आदि व्यवस्थापन गरेर कृषिकार्यलाई सहज र विस्तारित बनाउने खालका किसानमैत्रीकार्यक्रमहरू ल्याइसकेकोछु मन्त्री साहले जानकारी दिए।
 
प्रदेश नम्बर दुई को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विगतमा ल्याएका विभिन्नकार्यक्रमबाट प्राप्त अनुभव र परिणामका आधारमा अबका वर्षमा थप सरलीकृत ढंगले कृषिकार्यक्रम सञ्चालन दृढ हुने मन्त्री साहले बताए । यसले कृषिजन्य सामग्रीमा आयात प्रतिस्थापन हुने गरी प्रतिफल दिने पेसाका रूपमा कृषिकार्य स्थापित हुने विश्वास व्यक्त गरे।

अहिले बालीनाली सखाप पार्ने संकट निम्त्याउने सलह कीराका केही झुन्डको नेपाल प्रवेश भैसकेको छ। तर हामीले यो कीरा नियन्त्रण गरी बालीनाली जोगाउन निरन्तर किसानहरूको सम्पर्कमा रहेर काम गरिरहेका छु। सलह कीरा धपाउन किटनाशकको उपयोग र अन्य घरेलु तरिका अपनाउने उनले बताए । मन्त्रालयले किसानहरूसँग सहकार्य गरिरहेको समेत मन्त्री साहले जानकारी गराए।

सोमबार प्रदेश नम्बर दुईका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र राष्ट्रिय धानवाली अनुसन्धानकार्यक्रम हर्दिनाथ बनिनीया को प्राविधिक सहयोगमा आयोजितकार्यक्रममा मन्त्री, राज्यमन्त्री, सिडिओ, एसपी सहितकाहरु पनि धान रोप्दै दहिचिउरा र आँप खाँदै रमाएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ