arrow

कारले ठक्कर दिदा टेकबहादुर बाबुछोराको मृत्यु

logo
प्रकाशित २०७७ असार १५ सोमबार
bike-accident.jpg

रुपन्देही। सैनामैना नगरपालिका– ८ कलौनीमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। अपराह्न करीब २ बजे भएको  दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो।

दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुन् ।  

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले  जनाएको छ । कार प्रहरीको नियन्त्रणमा  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ