arrow

रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

logo
प्रकाशित २०७७ असार १५ सोमबार
rukum-dalit-youth-death.gif

काठमाडौँ । दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । 

दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा सोमबार आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन् । 

 दलित अधिकारकर्मी रेणु सिँजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारवाही नगरेको गुनासो गरे । सो घटनामा छ जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ