सरकारी कदम विरुद्ध सत्याग्रहमा बसेकाहरुको ऐक्यवद्धतामा धर्ना 

प्रकाशित मिति : २०७७ असार १६ मंगलबार

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को व्यवस्थापनको माग गर्दै सत्याग्रहमा बसेका इनफ इज इनफका अभियन्ताहरुको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै धर्ना बसिएको छ । ललितपुरस्थित पाटनको मंगलबारमा चार दिनदेखि इनफ इज इनफको आयोजनामा पानीसमेत नपिइ सत्याग्रहमा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै मंगलबार बिहान १० बजेदेखि दुई घण्टा उनीहरुले धर्नाको आयोजना गरेका हुन् । 

शान्तिपूर्ण धर्ना बानेश्वरको एभरेष्ट होटल अगाडि भइरहेको हो । 

आम समुदायलाई सत्याग्रहमा एक्यबद्धताको  जनाउनका लागि मंगलबार साँझ ५ देखि ७ बजेसम्म पाटन दरवार स्क्वायरमा भौतिक दूरी कायम गर्दै शान्तिपूर्णरुपमा हुन गईरहेको भेलामा सहभागीताको लागि समेत इनफ इज इनफ अभियानले अपिल गरेको छ । 

अभियानमा सुदन गुरुङसहित ई, शुभानी प्रजापती, पुकार बम र पुजा केसी रहेका छन् । गुरुङलाई भने बेहोस भएपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गएिको छ । 

उनले प्राथमिक उपचार पश्चात अस्पतालबाटै चिकित्सकको रेखदेखमा सत्याग्रह जारी राख्ने अभियानले जनाएको छ । 

देश सार्वजनिक स्वास्थ्य संकट, विकराल आर्थिक विपत्ति, र अरू कैयौँ क्षेत्रमा चुनौतीहरूले घेरिइरहेको बेला नेपाली जनता आफ्नो आधारभूत आवश्यकता र अधिकारहरूको सुरक्षाका लागि लड्दैछन् । 

नेपाली समाजलाई पहिल्यैदेखि पिरोल्दै आएका गम्भीर सामाजिक र आर्थिक असमानताको कारण हामीमध्ये सबैभन्दा नाजुक अवस्थामा रहेका प्रवासी नेपाली, दलित र महिलाहरूले अहिले सबैलेभन्दा धेरै संघर्ष गर्नुपरिरहेको अयिभानको निष्कर्ष छ । 

कोभिड १९ को व्यवस्थापनमा नेपाल सरकारबाट देखाउनु पर्ने कार्यतीव्रता, पारदर्शिता र जवाफदेहिता नदेखिएकाले  त्यसको प्रतिक्रियास्वरूप देशभरि नै नागरिक पहलमा शृङ्खलाबद्ध अहिंसात्मक गैरदलीय विरोध प्रदर्शनहरू भएका छन् । 

पछिल्ला २० दिनमा काठमाण्डौँ, पोखरा, बिराटनगर, धनगढी, चितवन, सुर्खेत, वीरगन्ज, धनकुटा, भक्तपुर, बुटवल, दाङ, पाल्पा, हेटौँडा, ललितपुरलगायत अन्य स्थानहरूमा स्वतन्त्र विरोध प्रदर्शनहरु भएका अभियानले जनाएको छ । 

के के छन् इनफ इज इनफका मागहरु–
१, लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैकालागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराइयोस्। यसमा निम्न व्यक्ति पर्दछन्स्

क, भारतबाट नेपाल फर्किरहेका सबै व्यक्ति

ख,  हवाईमार्ग वा जमिन हुँदै खाडी मुलुक र अन्य ठाउँबाट नेपाल फर्किरहेका सबै व्यक्ति

ग, कोभिड १९ संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति

घ, सम्पूर्ण स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, र जोखिममा हुने अरू सबै नियमित रूपमा परीक्षण गराउनुपर्ने समूह

ङ, श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण देखापरेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुँघ्ने शक्ति हराएको जस्ता  कोभिड १९ का कुनै पनिलक्षण देखापरेका व्यक्ति

च,  पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्ति 

२, खतरामा भएका सबैलाई यी चार तहमा विभाजन गर्ने विधि अपनाइयोस्

तह ०– आगन्तुक यात्रुहरूलाई आगमनमै र सकेसम्म छिटो पीसीआर परीक्षण गरियोस्।

तह १ – सम्भव भएसम्म घरमै सुरक्षित तरिकाले सेल्फ क्वारेन्टाइनस् कमसेकम १४ दिनको अवधिभर आफूमा देखिनसक्ने सबै ल‍क्षणहरू जाँच्दै स्थानीय सरकारको सुझावअनुसारको आइसोलेसन विधि पालना गर्ने

तह २ – सुरक्षित रूपमा सामूहिक क्वारेन्टाइनस् कोठाको अभाव, दुर्गम क्षेत्र भएर, सुरक्षा वा पारिवारिक कारणले गर्दा घरमै सेल्फ क्वारेन्टाइन गर्न नसक्ने व्यक्तिका लागि स्थानीय सरकारले व्यवस्था गरेको सामूहिक क्वारेन्टाइन केन्द्र

तह ३ –  स्वास्थ्य प्रबन्ध भएका सामूहिक आइसोलेसन केन्द्रस् कोभिड १९ को संक्रमण भएका तर गम्भीर ल‍क्षणहरू देखा नपरेका सबै बिरामीका लागि यी आइसोलेसन केन्द्रहरूको प्रबन्ध हुनुपर्दछ। यस्ता केन्द्र कोभिड९१९को उपचारका लागि तोकिएका अस्पतालका नजिक हुनुपर्दछ।

तह ४ – अस्पतालमा उच्चस्तरको उपचारस् स्वास्थ्य सेवा आवश्यक हुने कोभिड १९ संक्रमित बिरामीलाई अस्पतालमा उच्चस्तरको उपचार उपलब्ध गराइनुपर्दछ।

३, अग्रपंक्तिका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षा दिइयोस्

क, हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लानमा तोकिएअनुसार आवश्यक पर्ने सबैलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई तथा अन्य सुविधा उपलब्ध गराइयोस्

ख, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६६ को धारा ९३०, र आवासको अधिकार सम्बन्धी ऐन २०७५ को धारा ९३० ९४० को पालना र कार्यन्वयन गरियोस्

ग, आवासको अधिकार सम्बन्धी ऐनले प्रत्याभूत गरे अनुसार बाहालमा बस्ने सबैलाई अवश्यकता अनुसार सुरक्षित आवास तथा कानूनी सुरक्षा उपलब्ध गराइयोस्

घ, स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीमाथि गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी मान्यतासहितको शून्य सहिष्णुता निति अपनाइयोस्

ङ, कोभिड १९ का बिरामीको सेवा गर्दागर्दै मृत्यु वा अपङ्गता भएको खण्डमा ती स्वास्थ्यकर्मी र परिवारलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था गरियोस्  

४, कोभिड १९ को आशंका भएका वा कोभिड १९ संक्रमित सबैलाई नागरिक, कानूनी, र विश्वव्यापी मानवाधिकार सुरक्षा उपलब्ध गराइयोस्, जसमा निम्न बुँदाहरू पर्दछन्

क, हिंसा, दुर्व्यवहार वा द्वेषभावलगायत हरेक किसिमको विभेदबाट सुरक्षा

ख, उपचार र सार्वजनिक सेवाहरूमा न्यायसंगत पहुँच

ग, गोपनीयताको अधिकार

घ, सुरक्षित आवासको अधिकार

५, दैनिक ज्यालामा आश्रित मजदूर, विदेशबाट फर्किरहेका प्रवासी नेपाली र न्यूनआय भएका तथा सीमान्तकृत समुदायका नागरिकहरूले धेरै कष्ट भोगिरहेका छन् भन्ने स्वीकार गरियोस्। उनीहरूलाई सम्मानपूर्वक व्यवहार गरियोस् र नागरिक, कानूनी, र विश्वव्यापी मानवाधिकार सुरक्षा उपलब्ध गराइयोस्, जसमा निम्न बुँदा पर्दछन् स्

क, जातीय, लैङ्गिक, आर्थिक हैसियतमा आधारित लगायतका कुनै पनि किसिमका भेदभावबाट सुरक्षा

ख, शारीरिक, मौखिक तथा मानसिक यातनाबाट सुरक्षा

ग, आफ्नो समुदाय तथा गन्तव्यसम्म सुरक्षित तथा निस्शुल्क यात्राको  व्यवस्था

घ, लकडाउनबाट प्रभावित अभावग्रस्त व्यक्तिका लागि खाद्य सम्बन्धी हक सुनिश्चित गर्नेबारे सम्माननीय सर्वोच्च अदालतको आदेशको पालनास भारत तथा अन्य देशबाट नेपाली नागरिकको सुरक्षित घरफिर्तीस सबै फर्केका नागरिकका लागि गाँस, बास र स्वास्थ्य उपचारको प्रावधानस र आर्थिक रूपमा सीमान्तकृत सम्पूर्ण नागरिकलाई राहत सामग्री वितरण।

ङ, यात्राको समयमा वा क्वारेन्टाइन केन्द्रमा रहेका महिला तथा बालबालिकाको सुरक्षा तथा गोपनियता सुनिश्चित गर्ने 

६, बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनबारे सम्पूर्ण जानकारी जनतालाई उपलब्ध गराउँदै पारदर्शिता र जिम्मेवारीको प्रतिबद्धता जाहेर गरियोस्

क, अर्बौंको अनुपातमा भइरहेको खर्च वास्तविक पीडीतको सेवामा प्रयोग भएको सुनिश्चित गर्न सम्पूर्ण कोभिड १९ राहत कार्यक्रममा सरकारले पारदर्शिता र भ्रष्टाचारविरुद्ध उपाय समावेश गर्नुपर्छ।

ख, सरकारले थोरैमा पनि सम्पूर्ण सार्वजनिक ठेक्का प्रकाशित गर्ने प्रतिबद्धता लिनुपर्दछस खुला र प्रतिस्पर्धी प्रक्रियामार्फत ठेक्का दिनुपर्दछस आपतकालिन र गैरप्रतिस्पर्धी प्रक्रियाको प्रयोग अत्यन्तै सीमीत राखिनुपर्दछस ठेक्का प्रदान गरिएको कम्पनीको नाम र स्वामित्वबारे विवरण प्रकाशन गर्नुपर्दछस र अख्तियार कार्यलयलाई सामाग्री खरिद र कोषको प्रयोगको निगरानी गर्न अधिकार दिइनुपर्दछ।

ग, कोभिड १९ राहत कोषको खर्च कसरी हुँदैछ भन्ने जानकारी सरकारले आन्तरिक लेखा परीक्षकहरूलाई तुरुन्तै र स्वतन्त्र लेखा परीक्षकहरूलाई सकेसम्म चाँडो उपलब्ध गराउनुपर्दछ।

७, बढ्दो गम्भीर प्रकृतिका बिरामीहरूको सङ्ख्यालाई ध्यानमा राखि गहन चिकित्सा कक्ष ९आई।सी।यू।० लगायत अस्पताल तथा स्वास्थ्योपचार क्षमतालाई आवाश्यकतानुसार नियमित पूनरावलोकन गर्दै दुरुस्त तयार अवस्थामा राखिनुपर्दछ।

८, लकडाउन खुकुलो बनाउने नियामक मार्गदर्शनमा रहेको अस्पष्टतालाई तत्काल संबोधन गरिनुपर्दछ। त्यसमा स्वास्थ्य जोखिमबारे पूर्णजानकारी दिँदै भौतिकदूरीबारे प्रस्तावित नियमको पालनामा स्पष्ट जोड दिनुपर्दछ।

अहिंसात्मक र सुरक्षित तरिकाले र सम्भव भएसम्म भौतिक दूरी कायम राखेर गरिने विरोध प्रदर्शनप्रति हामी निरन्तर प्रतिबद्ध छौँ । केहि षडयन्त्रवादीहरूले दाबी गरेजस्तो हामी कुनै राष्ट्रविरोधी तत्त्व होइनौँ । हाम्रो गम्भीर चिन्ता आफ्नो देशप्रतिको मायाबाट निस्किएको हो। अग्रपंक्तिका सबै स्वास्थ्यकर्मी, स्थानीय तहका स्वयंसेवक समूह, र समुदायका अगुवाहरूले गर्नुभएको सम्पूर्ण सकारात्मक प्रयासलाई हामी सलाम गर्दछौँ।

महामारीको खतराका वावजुद विरोधको आवाज उठाउनु हाम्रो संविधानप्रदत्त अधिकार हो र अहिलेको समयमा विशेषगरि सबैभन्दा जोखिममा रहेपनि आफ्नो आवाज  बुलन्द गर्न नसकिरहेका हाम्रा दाजुभाइ दिदीबहिनीसँग ऐक्यबद्ध भएर उभिनु हामी नेपाली नागरिक हुनुको कर्तव्य पनि हो भन्ने हाम्रो मान्यता छ।

हाम्रो विरोध प्रदर्शन हाम्रो गहिरो निराशाको प्रतिबिम्ब हो तर हाम्रो आवाजमा हामीले नेपाल सरकारलाई आफ्नो कार्यसम्पादनमा सुधार गर्न आह्वान गर्न सक्छौँ भन्ने आशा पनि निहित छ।
 

नयाँ