arrow

केपी ओलीलाई नेकपाका नेताहरूले सामुहिक रुपमा थर्काए, राजिनामा मागेपछि हिडे वैठक छोडेर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १६ मंगलबार
ncp-ckk-meet.jpg

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सरकार, भारतीय दुतावासका व्यक्तिहरूसँग मिलेर नेकपाकै नेताहरूले षडयन्त्र गरेको  आरोप लगाएपछि रुष्ट रहेका नेकपाका नेताहरूले उनलाई सामुहिक रुपमै थर्काएका छ्न्। भारतीय मिडियामा आउने समाचार र नेकपाको वैठकको कुरा किन एउटै खालको छ भन्दै वैठकमा समेत प्रस्तुत भएका ओलीलाई सरकार ढाल्न षडयन्त्र गरेको प्रमाण नेताहरूले मागेका थिए।

आफ्नै नेताहरूलाई गम्भिर आक्षेप लगाएका ओलीलाई त्यसको पुष्टी गर्न चुनौती दिदै प्रचण्ड सहितका नेताहरूले पुष्टी गर्न नसके प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने बताएका थिए। नेकपाको जारी स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरेका थिए।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतसँगै मिलेर नेकपाकै नेताहरूले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गरेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

ओलीलाई सरकार ढाल्न को को संलग्न रहेका हुन उनीहरुको नाम भन्न र प्रमाण देखाउनका लागि आग्रह गरेपछि ओली रातोपिरो भएका थिए। बिना आधार आपत्तिजनक टिप्पणी गर्ने भन्दै ओली बिरूद्ध नेताहरु खनिएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ