arrow

संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन कांग्रेसको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १७ बुधबार
congress-executive-meet.jpg

काठमाडौं। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरित भएको कांग्रेसले बताएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै मुख्य सचिव कृष्ण प्रसाद पौडेलले संविधान संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहने बताए।

सरकारले ल्याएको संसोधन प्रस्तावको विपक्षमा राज्य व्यवस्था समितिमा पार्टीको तर्फबाट नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखी सकेको पृष्ठभूमीमा कांग्रेसको बैठकले संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ। यसै अनुसार संसदमा प्रस्तुत हुन बैठकले नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देशन गरेको छ।   

वैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मंगलवार विहान ११ बजे उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गरेको छ। घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कार्वाही गर्न र गम्भीर घाइते भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ। 

वैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य मीना पाण्डे र संविधान सभाका पूर्व सदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहनु भएकोमा केन्द्रीय कार्यसमितिले दुबै नेतृको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., महेश आचार्य, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, सुजाता परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, जंगीलाल राय, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी र आमन्त्रित केन्द्रीय सदस्यहरु— अभिषेख प्रताप साह र दयाराम पाण्डेले आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक बुधवार असार १७ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ