arrow

रहिनन् कांग्रेस सांसद ज्ञानकुमारी छन्त्याल 

logo
प्रकाशित २०७७ असार १७ बुधबार
gyan-kumari-chantyal.jpg

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । सांसद छन्त्यालको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । 

मुटुमा समस्या देखिएपछि संसदको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेकी थिइनन् । उनको गत हप्ताको आइतबार आइतबार मुटुको शल्यक्रिया गरिएको थियो ।

उनी यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

उनको निधनमा कांग्रेसका शीर्षस्थ नेताहरुले दुःख व्यक्त गरेका छन् । छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको बताइएको छ । 

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस बाग्लुङकी नेतृ, संबिधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनको खबरले अत्यन्तै स्तब्ध र दुःखी बनाएको छ।यस शोकाकुल समयमा सम्स्त छन्त्याल परिवारप्रति हार्दिक र स्व छन्त्यालप्रती श्रद्धान्जली ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ