arrow

कांग्रेस संसदीय दलद्धारा सांसद छन्त्यालको निधनप्रति शोक व्यक्त

logo
प्रकाशित २०७७ असार १७ बुधबार
gyankumari-chantyal.jpg

काठमाडौं । नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक व्यक्त गरेको छ । सांसद छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो ।

२०१४सालमा बाग्लुङमा जन्मेकी छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ ३ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।उनी २०७४ सालमा समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित भइ प्रतिनिधिसभा सदस्य भएकी थिइन् । 

उनी २०४६ सालदेखि नेपाली कांग्रेसमा लागेकी थिइन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रेस विज्ञप्ति निकाल्दै शोक व्यक्त गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ