arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

logo
प्रकाशित २०७७ असार १७ बुधबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिरोध जनाएको छ  । बुधबार नेविसंघका अध्यक्ष राजिव दङ्गानाले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

सरकारले मंगलबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कोरोना महामारी र लामो समयको बन्दाबन्दी (लकडाउन) का कारण जनताको आर्थिक अवस्था निकै नाजुक बन्दै गएको छ । यस अवस्थामा सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु भनेको नेपाली जनताको दुखी रहेका घाउमा मलहम लगाउनुको सट्टा नुन चुक छर्किनु सरह हो । पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको  सामान ढुवानी खर्च वृद्धि भई अन्ततः सम्पर्ण उपभोग्य वस्तुको बजार मुल्य बृद्धि हुनु हो ।'

'यो समय जनताको दुख तथा पिडामा सरकारले साथ दिने र सहयोग गर्ने समय हो झन पीडा दिने होईन । सरकारले जनताप्रति निर्वाह गर्ने आधारभूत दायित्व नभुलोस। कोरोना संक्रमणको वेवास्ता गर्दै जनतालाई सडकमा आउन वाध्य नवनाआस् ' विज्ञप्तिमा उल्लेख छ ।

'आकाशिएको मूल्य वृद्धि नियन्त्रण गरी यस्ता महामारीको  बेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनुका साटा सरकर जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्न अत्यन्तै दखद कुरा हो, 'महामन्त्री दिपक भट्टराईले भने,' सरकारको यो मूल्य वृद्धीको निर्णयको नेविसंघ घोर भत्सना गर्दछ ।'

सरकारले महङ्गीको बोझले नेपाली जनताको ढाड भाच्ने गरी गरको यो निर्णय फिर्ता नलिए नेविसंघ सरकारका विरुद्ध निर्णायक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ