arrow

नेपालमा कोरोना : ३० को मृत्यु, १४ हजार नाघे संक्रमित

logo
प्रकाशित २०७७ असार १७ बुधबार
corona-brefing-mohp.jpg

काठमाडौं । नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६५ पुरुष र ११७ महिला गरी कुल ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । 

तीमध्ये एक हजार ७७४ महिला र १२ हजार २७२ पुरुष छन् ।  प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा संक्रमण देखिएको छ । संक्रमण देखिएका बालबालिका भारतबाट आफ्ना आमा र बुबासँग आएको उनले बताए। यस्तै संक्रमण देखिएका सुदुरपश्चिम प्रदेशमा १७५ बालबालिका ९ वर्ष मुनिका छन् । उनले बालबालिकालाई संक्रमण देखिएकाले बाहिर नजान आग्रह गरे । 

एकको मृत्युसँगै मृतक ३० पुगे 
कोरोना भाइरस संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते संक्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ