arrow

खड्काको निधनप्रति प्रेस युनियन मर्माहत, हत्याको आशंकामा छानबिनको माग

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
teju-khadka-patrakar.jpg

काठमाडौं । पत्रकार तेजु खड्काको निधनप्रति नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयले मर्माहत भएको बताएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै ‘बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिपोर्टिङ तथा दर्शन गरेर फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि वेपत्ता भएका पत्रकार तेजु खड्काको निधनको पुष्टी भएको खबरले नेपाल प्रेस युनियन मर्माहत भएको’ जनाएका हुन् । 

वेपत्ता भएको १५ महिनापछि २०७६ मंसिरमा भेटिएको कंकालको नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डीएनए परिक्षण गर्दा सो कंकाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको निधनप्रति नेपाल प्रेस युनियन गहिरो दुःख व्यक्त गर्दछ।’

रिर्पोटिङमा हिडेका पत्रकार वेपत्ता हुनु, १५ महिनापछि कंकाल भेटिनु तथा कंकालसंगै फेला परेका पर्स, पत्रकार परिचयपत्र लगायतका केहि सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनु संगतिपूर्ण नदेखिएको स्थानिय पत्रकार र नागरिकहरुको भनाई रहेको छ। 

युनियनले भनेको छ, ‘फेला परेका सामग्रीहरु र कंकाललाई हेर्दा समेत खड्काको हत्या हुनसक्ने आशंकालाई बल पुगेको हुनाले प्राप्त तथ्यहरुको नजरअन्दाज नगरि घटनाको गहिरो छानबिनको लागि नेपाल प्रेस युनियन यसै विज्ञप्ती मार्फत जोडदार माग गर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ