arrow

दार्चुलाका तीन स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
bop.jpg

दार्चुला । दार्चुलाका तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । जिल्लाको मालिकार्जनु गाउँपालिका वडा नम्बर ७ जोलजिवी, लेकम गाउँपालिका वडा नम्बर ३ लाली र व्याँस गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले जानकारी दिए ।

 सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसंग सिमा जोडिएका तीन स्थानमा बीओपी स्थापना गरिएको हुन् ।

बीओपीको औपचारीक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले गरेका हुन् । बुढाथोकीले जोलजिवी र लालीमा स्वयम उपस्थित भएर पोष्टको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सिमा सुरक्षा जिम्मेवारी चौविसै घण्टा दिने बताए । सिमा रक्षाका साथसाथै सिमामा हुने अपराधिक गतिविधि, चोरी निकासीलाई निरुत्साहित पार्न बीओपी स्थापना गरिएको बताए ।

भारतसंगको सिमामा स्थापना गरिएको बिओपीले सिमा अपराध, चोरी तस्करी नियन्त्रण हुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले विश्वास व्यक्त गरे । यसअघि दार्चुलाको व्याँस गाउँपालिका १ छाङ्गरुमा गत बैशाख ३१ गते बिओपी स्थापना भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ