arrow

बिहिबार कति पुगे संक्रमित तथा मृतक ?

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
corona-brefing-mohp.jpg

काठमाडौं । नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहिबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

यो सँगै संक्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् ।

प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।  

शिशुको मृत्युसँगै मृतक ३१ पुगे  
कोरोना भाइरस संक्रमणबाट बिहिबार एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ