arrow

सत्याग्रहीको शक्ति, हात जोड्दै अस्पतालमै पुगे प्रधानमन्त्री

स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल भर्ना भएका थिए इनफ इज इनफका अभियन्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १८ बिहिबार
pm-eough-eii.jpg

काठमाडौं। स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पताल भर्ना गरिएका इनफ इज इनफ अभियानका अनसनकारीहरु ई र पुकार बमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली साँझ ह्याम्स अस्पतालमा पुगेका छन्। श्रीमती सहित अस्पताल पुगेका प्रधानमन्त्री ओलीले अनशनकारीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

पीसीआर टेस्ट बढाउनु पर्ने कोभिडको उचित व्यवस्थापन लगायतका माग राखि अनशनमा रहेका उनीहरुको स्वास्थ्य विग्रिएपछि अस्पताल भर्ना गरिएको थियो।

आफ्नै सरकारका कमजोरीमाथि प्रश्न उठाउँदै अनशन बसेका उनीहरुलाई अस्पतालमा पुगेर प्रधानमन्त्रीले सम्झाउने प्रयास गर्दै अनशन तोड्न आग्रह गरेका थिए।

केहि कमजोरी रहेपनि सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको प्रधानमन्त्रीले आश्वस्त पार्ने प्रयास गरेको अनशनकारीहरुलाई उदृत गर्दै एक अभियन्ताले जानकारी दिए। आफ्ना मागका बारेमा सरकारका कुनै माध्यममार्फत अभियानका साथीहरुले छलफल गर्ने उनीहरुले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए। 

कोभिड–१९ संक्रमणको प्रभावकारी र पारदर्शीरुपमा नियन्त्रण गर्नुपर्ने माग राख्दै युवाहरु अनशनकारीहरुप्रति ऐक्यवद्धता जनाउँदै नियमित रुपमा प्रदर्शन गर्दै आएका छन्। उनीहरुले बिहिवार पनि पाटन दरवार स्क्वायरमा प्रदर्शन गरेका थिए। 

ईः, पुकार बम, सुदन गुरुङ र सुबानी सिजापती शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनसनमा बसेका हुन्। गुरुङ र सिजापति यस अघी त्रिवी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ