arrow

प्रधानमन्त्री फेर्ने खेल बन्द गर्न माग गर्दै प्रदर्शन

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
oli-samarthan.jpg

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा शुक्रबार जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।  

सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए । 
    
नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे ।   प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए । 
    
सूर्यविनायकमा शुरु भएको र्‍याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ