arrow

थप ७४० मा कोरोना संक्रमण पुष्टि, बानेश्वरका एकको मृत्यु

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
corona-brefing-mohp.jpg

काठमाडौँ । देशभर गत २४ घण्टामा थप ७४० जना संक्रित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा संक्रमण भएको जानकारी दिए ।  

योसँगै संक्रितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् ।   

कोरोना भाइरस संक्रणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मुटुको समस्या भएको उनको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी संक्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाही, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ