arrow

कुवेत र इरान निःशुल्क पठाइदिने भनी भारतको कोठीमा राखिएका महिलाको उद्वार

logo
प्रकाशित २०७७ असार २० शनिबार
women-trafficking.jpg

चन्द्रौटा । भारतको दिल्लीमा अलपत्र परेका ६  नेपाली महिलालाई शुक्रबार उद्धार गरिएको छ ।  गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।
     
शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको  गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो । ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए । 

उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ