arrow

सरकार समाधान खोज्न संवेदनशील छैनः अध्यक्ष यादव

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2020725246.jpeg
काठमाडौँ। सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताउनुभएको छ ।
 
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढ्दै गएको बताउनुभयो ।
 
विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उहाँले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताउनुभयो ।
 
विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उहाँले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राख्नुभयो ।
 
देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकामा उहाँको आपत्ति थियो । विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा सीमाङ्कनका विषय टुङ्गोमा पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ