arrow

साथीको हत्या गर्ने न्यौपाने बन्धुहरु जेल चलान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असार २० शनिबार
arrest-final.jpeg

स्याङ्जा। एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्याक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु भएको भनिएका गल्याङ् नगरपालिका ४ का ३२ बर्षिय पदमप्रसाद पाण्डेयको हत्या भएको खुलेको हो ।

घट्ना लगत्तै वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेको नेतृत्वमा घट्नास्थल र संलग्नको अनुसन्धान थालेपछि दुईजनामा हत्याको आरोप लागेको थियो । प्रहरी निरिक्षक घिमिरे नेतृत्वको टोलीले लामो अनुसन्धानपछि हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

पाण्डेयको हत्याको आरोप लागका स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि  जेलचलान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । 

गत जेठ २१ गते साथीहरुसँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । पिकनिकमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

अनुसन्धानबाट हत्यामा दुईजनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानपछि न्यौपानेद्धयलाई जिल्ला अदालतले जेल चलान गरेको हो।

पिकनिकमा मादकपदार्थ सेवन र पाण्डेसगँ न्यौपानेको लेनदेन रहेकाले झगडा शुरुभएपछि हात हालाहालको सिर्जना हुदा उनी घाइते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घाईते भएका पाण्डे मृत अवस्थामा फेला परेका थिए ।

मृतक पाण्डेकी श्रीमतीले घटना रहस्यमय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन । 
गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डेको शव फेला परेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ