arrow

समाचार लेखेकै भरमा पत्रकार बस्यालमाथि साङ्घातिक आक्रमण 

logo
प्रकाशित २०७७ असार २० शनिबार
dalik-patrakar-sangh.jpg

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार टेकेन्द्र बस्यालमाथि शुक्रबार राति भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । 

सङ्घले शनिबार विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकार बस्यालमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ मा सार्वजनिक जग्गा (नाली) मिचेर घर बनाएको विषयमा रिपोटिर्ङ गर्न पुगेका बस्यालमाथि शुक्रबार साँझ ७ः४५ मा आक्रमण भएको थियो । 

आक्रमणकारीले सङ्घ प्रदेश नं ५ का उपाध्यक्षसमेत रहेका बस्यालको सजगताका कारण गम्भीर शारीरिक क्षति पुर्याउन नसके पनि सञ्चार सामग्री क्यामेरा तोडफोड गरी क्षति पुर्याइएको सङ्घले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ