arrow

खोकनामा प्रहरी र स्थानीयवासीबीच रोपाईंमै भिडन्त, अश्रुग्यास प्रहार

logo
प्रकाशित २०७७ असार २० शनिबार
khokana-attack.jpg

काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

उक्त क्रममा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । 

खोकनावासीले सुरुआतदेखि नै फास्ट ट्रयाकको विरोध गर्दै आएका छन् । उनीहरुले आफ्नो धरोहर लिएको भन्दै आपत्ति जनाउँदै आएका छन् । 

उनीहरुले विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै विरोध गर्दै आएका हुन् । 

अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उक्त क्रममै प्रहरीसंग झडप भएको हो । केही घाइते भएका छन् । 

काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी रहेको भए पनि स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले सांस्कृतिक सहरमाथि अतिक्रमण गर्न नपाउने भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ