arrow

भारतबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, रिपोर्टपछि दाहसंस्कार गरिने

logo
प्रकाशित २०७७ असार २१ आइतबार
dead2.jpg

गलकोट । क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । 

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए । 

लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ ।  

उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा मल्लले बताए । 

नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ