arrow

घर पछाडिबाट आएको पहिरोमा च्यापिएर ६ महिने शिशुको मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार २१ आइतबार
pahiro3.jpg

डोटी । ६ महिने शिशुको पहिरोमा च्यापिएर ज्यान गएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोमा परेर ज्यान गएको हो।

अबिरल वर्षासँगै आइतबार बिहान घर पछाडिबाट आएको पहिरोले च्यापिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

मृतक शिशुकी आमा २५ वर्षीया देवा नेपाली पनि पहिरोमा परी घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार भइरहेको छ । उनको कम्मर भन्दा तल्लो शरीरमा गम्भीर चोट लागेको जिल्ला अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिए ।

पहिरो आउँदा  घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण क्षति पुगेको छ। झण्डै ५ लाख बढीको क्षति भएको स्थानीय तथा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापती लक्षीराम कुँवरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ