arrow

कञ्चनको करणीपछि हत्या गर्ने दिपु पक्राउ

logo
प्रकाशित २०७७ असार २२ सोमबार
kanchan-murde.jpg

धनुषा । बालिका बलात्कार गरि हत्या गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । धनुषामा ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरि हत्या गरिएको घटनाका भारतीय नागरिक पक्राउ परेका हुन् ।

बालिकाको जबरजस्ती करणी गरेर हत्या गरेको अभियुक्त भारतको उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाइ सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार समेलन गरेर सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या गरिएको थियो । गत १७ गते भैँसी चराउन गएको बेला आँपको बगैँचाबाट कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमती नदी छेउमा कंचनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

प्रहरी अनुसन्धानबाट चौधरी एन्ड मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिनअघि काम गर्न आएका दिपु सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगैँचाको एकान्त कुनामा लगेर बलात्कार गरेको  र लगत्तै हत्या गरेका प्रहरीले संचारकर्मी सामु बताएका छन् ।

हत्यापछि दिपुले शवलाई सोही ठाउँमा लुकाएर भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमती नदी नजिकको झाडीमा फालेका थिए । दिपु सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ