arrow

बन्चरोले हानी छिमेकीको हत्या, वनमा लुकि बसेका खड्का पक्राउ

logo
प्रकाशित २०७७ असार २२ सोमबार
khadka6.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमान्त पुनर्वास नगरपालिका ५ का आफ्नै छिमेकीको बीभत्स हत्या गर्ने गोरख खडकालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

शनिबार राती आफ्नै छिमेकी गोपाल कुवँरलाई बन्चरो प्रहार गरि हत्या गरेर फरार भएका खड्कालाई सोमबार बिहान पुनर्वास ६ ङ गाउँ स्थित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले जनाएको छ । 

छिमेकी कुवरसंग भएको बिवादपछि उनको हत्या गरेको गरेको खडकाले स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरेको बन्चरो सहित खड्कालाई सामुदायिक वनमा लुकि राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

 बीभत्स हत्याकाण्डको मुद्दा दायर गरेर अनुसन्धानका लागि म्याद थप गर्न सोमबारै अदालत लगिएको प्रहरी निरीक्षक सिंहले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ