arrow

अमिरुल्लाको मृत्यु, मानसिक रोगी कारागारमा !

logo
प्रकाशित २०७७ असार २२ सोमबार
prison-jail.jpg

तुलसीपुर । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ । 

ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए। 

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने ‘उनमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’

कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । 

कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ