arrow

संक्रमण पुष्टि भएपछि बन्द अस्पताल खुल्यो

logo
प्रकाशित २०७७ असार २२ सोमबार
corona-nepal.jpg

सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा सोमबारदेखि पुनःसञ्चालन भएको छ । 

यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

करीब डेढ हप्तादेखि अवरुद्ध काम  सोमबारदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।

 असार २१ गते कोरोना संक्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा सोमबारदेखि नियमित रुपमा पुनःसञ्चालन  भएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ