arrow

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

logo
प्रकाशित २०७७ असार २२ सोमबार
Marriage-..jpg.jpeg

चिप्लेढुङ्गा । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ परेका गरेको हो । 

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल रहेका छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो । वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ