arrow

समुदायमा भेटियो कोरोना, गौरादहबाट काठमाडौं गएकी महिलामा संक्रमण

नगरपालिकाको आपतकालीन बैठक बस्दै

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ असार २२ सोमबार
gauradaha4.jpg

झापा । झापा जिल्लाको  गौरादह नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा उपचार गराईरहेकी गौरादह १ की ६८ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

उनी उपचारका लागि ११ दिन अघि गौरादहबाट काठमाडौं गएकी थिइन् । योसंगै गौरादहमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ  भने चारजना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।

यसअघि गौरादहमा भारत लगायत खाडी मुलुकबाट फर्किएकामा मात्र कोरोना संक्रमण देखिएता पनि यो भने समुदायमै भेटिएको पहिलो संक्रमणको नतिजा हो ।

यसैबीच उक्त संक्रमणको पुष्टि भए लगत्तै  नगरपालिकाले आपतकालीन वैठक डाकेको छ , यो समाचार तयार पार्दा सम्म बैठक जारी रहेको जानकारी प्राप्त भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ