arrow

अपराध महाशाखाको सेवा बानेश्वरबाट

logo
प्रकाशित २०७७ असार २२ सोमबार
nepal-police.jpeg

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ । 

काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो ।

 महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ